वैदेशिक रोजगारी पठाइदिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ

  बैशाख ०७, २०८१

काठमाडौं, ७ वैशाख : वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा कालिञ्चोक गाउँपालिका–७ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा –७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका–६ घर भई काठमाडौँ टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।

वैदेशिक रोजगारमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट रकम लिई विदेश नपठाई सिवाकोटी र नेपाल सम्पर्कविहीन भएका थिए ।

प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार सिवाकोटीले बिसन विश्वकर्मासहित दुई जनालाई वैदेशिक रोजगारीका लागि पोल्यान्ड पठाइदिन्छु भनी तीन लाख ५० हजार रुपियाँ लिएका थिए ।

यसैगरी, नेपालले आँचल तिवारीलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी एक लाख रुपियाँ लिई ठगी गरेको प्रवक्ता रेग्मीको भनाइ छ ।

तपाईको प्रतिक्रिया