गैरकानुनी सम्पत्ति आर्जन मुद्दा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

  बैशाख ०४, २०८१

काठमाडौं, ४ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालत काठमाडौँबाट भएको फैसला चित्त नबुझेको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा पुनरावेदन गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये बद्री राज ढकाल, सिर्जना अर्याल ढकाल र नवराज अर्यालविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।

प्रतिवादी ढकाल सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४ माघ १४ गतेदेखि २०७६ फागुन ३० गतेसम्मको अवधिमा आर्जन गरेको वैध आय चार करोड २६ लाख २४ हजार ३७ रुपियाँ र सो अवधिमा निजको व्यय १४ करोड ५३ लाख ८२ हजार ४९८ रुपियाँ देखिँदा निजको आयभन्दा बढी व्यय देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

निजविरुद्ध दश करोड २७ लाख ५८ हजार ४६१ रुपियाँ सम्पत्तिको स्रोत नखुलेको तथा गैरकानुनी रूपमा आर्जन गरेको देखिएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया