फिनल्याण्डको विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते

  चैत २०, २०८०

हेलसिन्की (फिन्ल्याण्ड), २० चैत : फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मङ्गलबार एक नाबालिगले गोली चलाउँदा अन्य तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । गोली चलाउने नावालिगलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

करिब आठ सय जना विद्यार्थी र ९० जना कर्मचारी भएको यस विद्यालयमा कक्षा एकदेखि नौ म्म अध्ययन गर्ने ७–१५ वर्ष उमेर समूहका बालबालिकाहरू रहेको स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार गोलीकाण्डमा बालबालिकाहरू घाइते भएका छन् । प्रहरीलाई बिहान घटनाको जानकारी भएपछि घटनास्थलमा तैनाथ गरिएको थियो भने पछि संदिग्ध र घाइते दुवै नाबालिग भएको पुष्टि गरिएको थियो ।

गोलीकाण्ड पछि भान्ताको सङ्कट समूहको सहर सक्रिय भएको स्थानीय मिडियाले जनाएका छन् । घटनास्थलका तस्बिरहरूले विद्यालयमा ठुलो सङ्ख्यामा प्रहरी रहेको देखाएको छ ।

प्रहरीले जनतालाई सङ्कटग्रस्त क्षेत्रबाट टाढा रही सम्भव भएसम्म घरभित्रै बस्न आग्रह गरेको छ । अपरिचितहरूका लागि ढोका नखोल्न समेत पनि प्रहरीले  विज्ञप्तिमार्फत जनतालाई सूचना जारी गरेको छ ।

यसैबिच चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार फिनल्यान्डको विद्यालयमा गोली चल्दा केही विद्यार्थी घाइते भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धत गर्दै सिन्ह्वाले जनाएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया