देशभक्तिको कथा ‘योद्धा’

  चैत १७, २०८०

काठमाडौँ, १७ चैत : ‘शेरशाह’, ‘फाइटर’ जस्ता देशभक्ति र भारतीय सेनाको साहस र वीरतामा आधारित चलचित्र अहिले धेरै बन्न थालेका छन् । चलचित्र ‘योद्धा’ पनि देशभक्तिमै केन्द्रित छ । 

यस चलचित्रको कथा आफ्नो बुवा जस्तै देशका लागि केही गर्न चाहने भारतीय सैनिकको हो । अरुण कटियाल आफ्ना बुवा सुरेन्द्र कटियालले सुरु गरेको ‘योद्धा’ को समूहका बहादुर अधिकारी हुन् । जब उनी देशको सबैभन्दा ठुला वैज्ञानिकसँग सुरक्षाका लागि उडानमा जान्छन्, त्यसपछि उनको अपहरण हुन्छ । उनीहरूलाई उद्धार गर्दा अरुण र अन्य सैनिकबिच केही अलमल हुन्छ । अपहरणकर्ताले वैज्ञानिकको हत्या गरिदिन्छन् ।

उक्त हत्याको दोष योद्धाको सिपाहीका फोर्समा पर्छ । अरुण आफ्नो बुवाले बाँकी राखेका सबै काम गर्न चाहन्छन् । केही वर्षपछि फेरि यस्तै घटना दोहोरिन्छ । अरुण फेरि योजना बनाएर दिल्लीबाट लन्डनको उडानमा चढ्छन् । त्यसपछि उनको फोनमा उडानको फेरि अपरहण हुन लागेको हो भने सन्देश आउँछ । यस्तो परिस्थितिमा अरुणको हातमा कस्ता कुरा आउँछ भने भारतीय सरकारका जनताले उनलाई अपहरणकर्ता ठान्छन् । चलचित्रमा भारत–पाक कोण पनि देखाइएको छ । 

चलचित्रको कथा उत्कृष्ट हुनुका साथै सागर अम्बरे र पुष्कर ओझाको निर्देशकीय पक्ष राम्रो छ । उनले हरेक कलाकारलाई अनेकन ढङ्गबाट अभिनयमा प्रयोग गरेका छन् । कथा अनुसार कलाकार छनोट, चरित्र चित्रण, समयावधि र वेशभूषामा विशेष ध्यान दिइएको छ । प्रभावकारी र सङ्क्षिप्त संवाद चलचित्रको विशेषता हो । सम्पादन सटिक छ । भारतीय देशभक्तको कथा भए पनि चलचित्र प्रेम, बिछोड र एक्सनको सम्मिश्रण बनेको छ ।

तपाईको प्रतिक्रिया