‘मेरो माया तिम्रो लागि’ सार्वजनिक

  चैत १७, २०८०

काठमाडौँ, १७ चैत : गायक रूपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मणि सुवेदीको प्रस्तुति तथा शब्द र साहस शाक्यको एरेन्ज रहेको गीतमा सङ्गीत गायक डोटेल आफैँले भरेका छन् ।

भावनात्मक शैलीको उक्त गीतमा प्रेमपीडा व्यक्त गरिएको छ । गीतमा गायकले प्रेमिकाले आफ्नो माया नबुझेको गुनासो पोख्नुभएको छ । गीतको भिडियोमा एक जोडी प्रेमीको प्रेम र विछोड देखाउन खोजिएको छ । भिडियोमा गायक डोटेल आफैँ देखिएका छन्, भने उनलाई अभिनयमा गरिमा शर्माले साथ दिनुभएको छ ।

उत्तम हुमागाईंको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो गायक डोटेलको आफ्नै अफिसियल युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो । भिडियोका निर्देशक निकेश खड्का हुनुहुन्छ । गायक डोटेलले पाँच सयभन्दा बढी गीतमा स्वर दिइसक्नु भएको छ ।

गायक डोटेलका ‘वनकी चरी’, ‘सानुमाया’, ‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै हो नि..’ लगायत थुप्रै गीत चर्चित छन् । डोटेल सेन्टिमेन्टलका अलावा सेमिक्लासिक, लोक, पप र पाश्र्व गायनमा चिनिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया