इजरायलले आतङ्कवादी पक्राउ नपरेसम्म आक्रमण जारी राख्ने

  चैत १२, २०८०

इजरायल, १२ चैत : इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल–शिफा अस्पतालमा आक्रमण जारी रहने बताउनुभएको छ । अन्तिम आतङ्कवादी रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने बताउनुभएको छ । उहाँले आतङ्कवादी पक्राउ परेपछि मात्रै आक्रमण बन्द हुने जानकारी दिनुभयो ।

प्रमुख फिन्केलम्यानले अस्पतालमा अन्य इजरायली सैन्य अधिकारीहरूसँगको स्थिति मूल्याङ्कनको क्रममा यो टिप्पणी गर्नुभएको थियो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दाबी गरेको छ कि अस्पताल क्षेत्रमा हालसम्म १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । साथै सात सयभन्दा बढी पक्राउ गरिएको छ । (सिन्ह्वा/न्यूज एजेन्सी नेपाल)

तपाईको प्रतिक्रिया