‘मान्छे मर्ने तलाउ’ लोकार्पण

  चैत ०४, २०८०

काठमाडौँ, ४ चैत : साहित्यकार केदार पोखरेल (जफेली) द्वारा लिखित कवितासङ्ग्रह ‘मान्छे मर्ने तलाउ’ लोकार्पण भएको छ । शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले पुस्तक लोकार्पण गर्नुभएको हो । 

कार्यक्रममा कार्कीले कविताको माध्यमबाट देशको कुरालाई कविले राम्रो ढङ्गले प्रस्तुत गर्नुभएको बताउनुभयो । ३९ वर्षसम्म शिक्षण पेसामा आबद्ध हुनुभएका जफेलीको यो सातौँ कृति हो । 

साहित्यकार पोखरेलले लेखनशैलीबाट आफ्नो भाव प्रकट गरेको बताउनुभयो । उहाँले पुुस्तकमा देशमा व्याप्त बेथितिलाई कसरी समाधान गर्न सकिने भन्ने कुरालाई प्रस्तुत गर्न खोजेको पनि बताउनुभयो । कृतिमा ९० वटा छन्दबद्ध कवितामा राखिएका छन् । 

तपाईको प्रतिक्रिया