मन्त्रिपरिषद् बैठक : सीआईबी प्रमुखमा ज्ञवाली

  चैत ०२, २०८०

काठमाडौँ, २ चैत : मन्त्रिपरिषद् बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षकको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालयबाट केन्द्रीय अनुसन्धान ब्यूरोमा र अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ ।

सञ्चारमन्त्री शर्माले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारले दोषीलाई कारबाही गर्ने बताउनुभयो ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जाँचबुझ आयोगले बज्राचार्यलाई विभागीय कार्बाही गर्ने सिफारिस गरेपछि मन्त्रिपरिषद्ले सीआईबीको नेतृत्व हेरफेर गरेको हो ।

तपाईको प्रतिक्रिया