६ महिनापछि चार अन्तरिक्ष यात्री फर्किए पृथ्वीमा

  फागुन २९, २०८०

केप क्यानाभरल (अमेरिका), २९ फागुन : अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किनुभएको छ । उहाँहरूको स्पेसएक्स क्याप्सुल बिहानको अँध्यारोमा सम्पूर्ण अमेरिकाभर फैलियो र फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा खस्यो ।

नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गर्नुभएको थियो । उहाँहरू गत अगस्टमा अन्तरिक्ष स्टेसनमा जानुभएको थियो । उहाँहरूलाई प्रतिस्थापन गर्नेहरू गत साता उहाँँहरूकै आफ्नो स्पेसएक्स क्याप्सुलमा आउनुभएको छ । 

मोघबेलीले सोमबार परिक्रमा परिसरबाट प्रस्थान गरेपछि रेडियोमा भन्नुभयो, “हामीले तपाईंहरूका लागि बदामको केही बटर र टर्टिला छाडेका छौँ ।” नासाका लोरल ओ’हाराले जवाफ दिनुभयो, “म तपाईंलाई पहिलादेखि नै सम्झन्छु र उदार उपहारका लागि धन्यवाद ।”

रुसी सोयुज क्याप्सुलमा सवार हुनुअघि ओ’हारासँग अन्तरिक्ष स्टेसनमा अझै केही साता छन् । अन्तरिक्ष स्टेसन छाड्नुअघि मोगेन्सनले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “रुखहरूमा चराहरूको गीत सुन्नका लागि प्रतीक्षा गर्न सक्तिनँ र कुरकुरे भोजन खाने पनि इच्छा छ ।”

रकेटमा गडबडीको अवस्थामा नासाले धेरै विकल्पलाई प्राथमिकता दिन्छ । बोइङले मेको प्रारम्भमा दुई–पाइलट परीक्षण उडानसहित अन्तरिक्ष यात्री ट्याक्सी प्रदान गर्न सुरु गर्नुपर्छ । (रासस/एपी)

तपाईको प्रतिक्रिया