उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

  फागुन २४, २०८०

काठमाडौँ, २४ फागुन : नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन् सङले शिष्टाचार भेट गर्नुभएको छ । 

बिहीबार दिउँसो मन्त्रालयमा पुगेर राजदूत छन्ले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको हो । यसअघि बिहीबार बिहानै भारतका राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया