अभिनव म्यानहन्ट इन्टरनेसनल नेपाल

  फागुन १६, २०८०

काठमाडौँ, १६ फागुन : पुरुष व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ सम्पन्न भएको छ ।

राजधानीको ठमेलस्थित क्लब टेनएक्समा भएको प्रतियोगितामा अभिनव थापा अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ को उपाधि चुम्न सफल हुनुभयो । म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ बनेपछि उहाँले आगामी मे महिनामा थाइल्यान्डमा हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नुभएको छ । अभिनवले खल्ती मिस्टर पपुलर तथा एम्पायर मिस्टर पर्सनालिटीको अवार्डलाई पनि आफ्नो बनाउन सफल हुनुभएको थियो ।

दिलीप नेपालीले टेनएक्स मिस्टर फ्रेन्डसिपसहित मिस्टर इन्टरनेसनल नेपाल २०२४ को उपाधि जित्नुभयो। युनिक तुलाधर उपविजेता बन्नुभयो। सोयस बलामीले अर्ना मिस्टर ट्यालेन्ट, सिद्धान्त केसीले ज्यासमिन मिस्टर फिजिक र विजय थापाले फोरेन्सिक मिस्टर फोटोजेनिक विधाको अवार्ड जित्नुभयो । प्रतियोगितामा अग्रज फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकार, हाउस अफ फेसन नेपालका ओसिमा बानु तथा अभिनेता एवं मोडल सुशील श्रेष्ठ निर्णायक रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया