बक्सिङको ओलम्पिक छनोट खेल्दै चन्द्र र अञ्जली

  फागुन १६, २०८०

काठमाडौँ, १६ फागुन : इटालीको मिलानमा मार्च ३ देखि ११ तारिखसम्महुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालका चन्द्रबहादुर थापा र अञ्जली तेलीले प्रतिस्पर्धा गदैँ हुनुहुन्छ । 

सन् २०२४ को पेरिस ओलम्पिक छनोटको आधार रहेको यस प्रतियोगितामा चन्द्रले पुरुष ५१ केजीमा र अञ्जलीले महिला ५४ केजीमा प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासङ्घले जनाएको छ । अञ्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वार्टरफाइनल पुगेर नेपाली बक्सिङमा इतिहास रच्न सफल खेलाडी हुनुहुन्छ । 

नेपाली टोलीको  व्यवस्थापकमा बक्सिङ महासङ्घ महासचिव मानबहादुर भण्डारी तथा प्रशिक्षकमा प्रचण्ड शर्मा रहनुभएको छ । चार सदस्यीय नेपाली टोली बिहीबार इटाली प्रस्थान गर्नेछ ।ओलम्पिकको बक्सिङमा नेपालले सहभागिता नजनाएको ३२ वर्ष भइसकेको छ । सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको २५औँ संस्करणदेखि नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता जनाएको छैन ।

पेरिस ओलम्पिकका लागि पाँच महादेशबाट ६८ पुरुष र ७५ महिला खेलाडी छनोट भइसकेका छन् । इटालीको प्रतियोगिताबाट २८ पुरुष र २१ महिला खेलाडी पेरिस ओलम्पिकका लागि छानिने छन् । इटालीपछि पनि पेरिस ओलम्पिकका लागि अझै एउटा छनोट प्रतियोगिता हुनेछ । त्यो प्रतियोगिता थाइल्यान्डको बैंकमा मे महिनामा हुने तालिका छ ।

खेलाडीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, महासङ्घका अध्यक्ष राम अवाले, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले बिदाइ गर्नुभयो ।

तपाईको प्रतिक्रिया