प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित १० जना पक्राउ

  फागुन १५, २०८०

काठमाडौँ, १५ फागुन : केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको छ । 

ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

“दश जनालाई नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो, “अहिले छानबिन जारी छ । छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ ।” (रासस)

तपाईको प्रतिक्रिया