टर्की सुनखानी पहिरो प्रकरण : आठ जना पक्राउ

  फागुन ०४, २०८०

टर्की, ४ फागुन : पूर्वी टर्कीको सुनखानीमा पहिरो जानमा जिम्मेवार भएको आशङ्का आठ जनालाई पक्राउ गरिएको छ । एर्जिन्कान प्रान्तको इलिक जिल्लाको सुनखानीको डम्प–लिचिङ क्षेत्रमा मङ्गलबार पहिरो गएको थियो । सो पहिरोमा नौ जना कामदार बेपत्ता भएका छन् ।

सो आरोपमा बुधबार सात र बिहीबार एक गरी आठ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका सन्दिग्धहरूमा कम्पनीका व्यवस्थापकीय र प्रशासनिक पदमा रहेका कर्मचारी पनि छन् ।

कोप्लर सुनखानी क्षेत्रमा भूमिगत फसेका मजदुरहरुको खोजी तथा उद्धार कार्य जारी छ । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले पहिरोमा फसेका कामदारहरू खानीबाट निकालिएको, माटोको ढिस्को समावेश भएको १० मिलियन घनमिटरको आयतनमुनि रहेको र उक्त माटो करिब ८०० मिटर सरेको बताउनुभयो । (सिन्ह्वा/न्यूज एजेन्सी नेपाल)

तपाईको प्रतिक्रिया