ललिता निवास जग्गा हिनामिना प्रकरणको फैसला बिहीबार सुनाउने तयारी

  फागुन ०२, २०८०

काठमाडौँ, २ फागुन : विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा बिहीबार फैसला सुनाउने तयारी गरेको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला आज तयार भई नसकेको हुनाले भोलि सुनाउने तयारी भएको हो ।

विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो । सुनुवाइ सकिएपछि आज फैसला सुनाउने भनिए पनि तयार नभइसकेको हुनाले भोलि सुनाउने तयारी भएको हो ।

तपाईको प्रतिक्रिया