शान्ति प्रक्रियाको बाँकी काम दलहरुको सहमतिमा टुंग्याइन्छ : प्रधानमन्त्री

  माघ २०, २०८०

उदयपुर, २० माघ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम राजनीतिक दलहरुको सहमतिमा टुङ्गिने बताउनुभएको छ ।

रौतामाई गाउँपालिका नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै उहाँले वर्तमान गठबन्धन सरकारले विगत जनयुद्धकाकालदेखि थाती रहेका शान्तिप्रक्रियाका बाँकी टुङ्ग्याउनका लागि राजनीतिक दलबीच सहमतिको प्रयास जारी रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले अहिले पहिले जस्तो आर्थिक सङ्कट नभएको भन्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले आजे उदयपुरको जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योगको पनि अनुगमन तथा निरीक्षण गर्नुभयो ।

तपाईको प्रतिक्रिया