अध्यागमनमा कर्मचारी र प्रहरीबीच विवाद : छानबिन समिति गठन

  माघ १२, २०८०

काठमाडौँ, १२ माघ : गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाउनुभएको छ । समितिलाई तीन दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न कार्यादेश छ ।

आज दिउँसो भएको उक्त घटनाका सम्बन्धमा छानबिन गर्नका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला तथा सीमा तथा अध्ययागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेको समिति गठन भएको हो ।

तपाईको प्रतिक्रिया