‘न्यायमा सबैको पहुँच पुर्‍याउन आवश्यक छ’

  पुष २२, २०८०

काठमाडौँ, २२ पुस : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायमा सबै नागरिकको सहज पहुँच पुर्‍याउन जरुरी भएको बताउनुभएको छ ।

सर्वाेच्च अदालतमा आज आयोजित श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह विमोचन समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायमा सहज पहुँच पुर्‍याउनका लागि अदालतले प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले श्रमसमबन्धी महत्वपूर्ण फैसला र आदेशको प्रकाशन महत्वपूर्ण भएको बताउनुभयो ।

प्रधानन्यायाधीशले श्रेष्ठले कानुनमा समाहित भएका नवीन अवधारणा र व्यवस्थाको दृष्टिकोणले महत्वपूर्ण देखिएको फैसला छनौट गरेर प्रकाशन गर्नु सान्दर्भिक भएको बताउनुभयो ।

श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले महत्वपूर्ण फैसला र आदेशको प्रकाशनले न्याय सम्पादनका विविध आयामबारे नागरिकलाई जानकारी हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया