पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पुन

  पुष ०४, २०८०

काठमाडौँ, ४ पुस : पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त हुनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज भएको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त पदमा नियुक्त गरेको हो । यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि यही पुस १ गते सकिएको हो ।

पशुपति विकास कोषबाट एक सय बढी सल्लाहकार खारेज
पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज भएका छन् । कोषको आज भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हो ।

राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । परिषद् बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ भने पशुपति दर्शन गर्न आउनेहरुको सुरक्षाका लागि सुरक्षा चौकी निर्माण गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया