काठमाडौं, ३ पुस : एक पटक रिफर भइ आएका बिमित बिरामीहरुलाई सोही रोगको फलो अपका लागि पुन रिफर पुर्जी लिन नपर्ने भएको छ ।
स्वास्थ्य बिमा बोर्ड बैठककले एक पटक रिर्फर भई आएका बिमित बिरामीहरुलाई सोही रोगको फलो अपका लागि पुनः रिफर पुर्जी लिन नपर्ने व्यवस्थाको निर्णय गरेको हो ।
यसअघि नियमित फलोअपमा गइरहनु पर्ने स्वास्थ्य बीमामा आवद्ध बिरामीले उपचारमा बीमा सुविधा लिनका लागि हरेक पटक प्रथम विन्दुबाट रिफर कागज लिएर बनाएर एक साता भित्र सेवा लिइसक्नु पर्ने व्यवस्था थियो ।
साथै बिमा बोर्डले औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकहरुलाई तीन महिनाका लागि औषधि दिने व्यवस्था गरेको छ ।
यसअघि नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकहरुलाई १ महिनाका लागि मात्र औषधि दिइने व्यवस्था थियो ।
बिमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्णय अनुसार कार्यान्वयनका लागि आग्रह गर्दै पत्रचार गरिसकेको छ ।






