एम्बुलेन्सबाट ३ किलोग्राम चरेस बरामद

  मंसिर २५, २०८०

बझाङ, २५ मंसिर : धनगढीमा झण्डै तीन किलोग्राम चरेससहित बझाङका एम्बुलेन्स चालक समातिएका छन्। आज (सोमबार) बझाङको रायल स्वास्थ्य केन्द्रको एम्बुलेन्सका चालक २ किलोग्राम ८ सय ग्राम चरेससहित समातिएका हुन्।

बझाङबाट विरामी ल्याएर धनगढी आएका एम्बुलेन्स चालक केदारस्यु गाउँपालिका-३ का ३७ वर्षीय रामबहादुर खातीबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनलाई धनगढी-३ स्थित बोराडाँडी क्षेत्रबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी, संघीय प्रहरीको टिम, जिप्रका कैलाली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले समातेको हो।

तपाईको प्रतिक्रिया