रास्वपाको बैठक बस्दै

  मंसिर २५, २०८०

काठमाडौँ, २५ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीले आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिनुभयो ।

उहाँले बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अविधेशनबारे छलफल हुने बताउनुभयो ।“आज अपरान्ह चार बजे संसदीय दलको बैठक बस्ने तय भएको छ ।

संसदीय दलको विधान र संसदको आगामी अधिवेशनलगायत विविध विषय बैठकको एजेन्डा छन्”, सचेतक डाँगीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया