काठमाण्डौ, २३ मंसिर : ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आगलागी हुँदा ५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा बिहान आगलागी भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिनुभयो ।
फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ ।






