काठमाडौँ घोषणापत्र जारी गर्दै निर्वाचन व्यवस्थापन सम्मेलन सम्पन्न

  मंसिर २१, २०८०

काठमाडौँ, २१ मङ्सिर : एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय छैटौँ सम्मेलनले लोकतन्त्रको सबलीकरण र निर्वाचनको तटस्थता प्रवद्र्धनका लागि कानुनमा संशोधनका विषयमा आज २९ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

निर्वाचन आयोग नेपाल र ‘एसियन नेटवर्क फर फ्रि इलेक्सन (एनफ्रिल) को आयोजनामा तथा यस क्षेत्रमा निर्वाचनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा भएको उक्त ‘एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरम’को समापनका अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको उपस्थितिमा घोषणापत्र जारी भएको हो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र एनफ्रेलका अध्यक्ष रोहन एन हेट्यिाराच्चेइले हस्ताक्षर गरी घोषणापत्र जारी गर्नुभयो ।

सो अवसरमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा विद्यमान कानुनमा सुधार गर्न आफूहरु तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचन प्रणालीलाई सबल र सामयिक परिमार्जित नगरी लोकतन्त्र बलियो र दिगो हुन नसक्नेमा वर्तमान सरकार स्पष्ट रहेको उहाँको भनाइ थियो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सम्मेलनमा सहभागी भई गहन छलफलबाट घोषणापत्र तयारीसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेकामा आभार व्यक्त गर्नुभयो । निर्वाचन आयुक्त सगुनशमशेर जबराले नेपालको निर्वाचन कानुनमा आवश्यक संशोधनका लागि मस्यौदा विधेयक तयार गरी नेपाल सरकारसमक्ष पेस गरिसकेको जनाउनुभयो ।

सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापनसम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील सामाजिक तथा प्राज्ञिक संस्थाका दुई सय भन्दा बढी प्रतिनिधि सहभागी थिए । सम्मेलनको मुख्य नारा ‘बिल्डिङ सस्टेनेबल डेमोक्रेसिसः एड्रेसिङ इलोक्ट्रोल च्यालेन्जेज एण्ड अपर्चुनिटिज’ रहेको थियो । रासस

तपाईको प्रतिक्रिया