मोटरसाइकलको ठक्करबाट कोहलपुरमा एक जनाको मृत्यु

  मंसिर २०, २०८०

बाँके, २० मंसिर : कोहलपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुर बस्ने वर्ष ७० को प्रमोद पौडलको मृत्यु भएको हो ।
कोहलपुर १४ पार्बतीपुरको मन्दीर नजीकको भीत्री बाटोमा बाटो क्रस गर्ने क्रममा पैदल यात्रु पौडेललाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका पौडेललाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा ल्याइएकोमा उपचारको क्रममा बिहान (बुधबार) मृत्यु भएको हो ।

मोटरसाइकल र मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष ३८ को नेत्र लाल यादव प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया