एकीकृत समाजवादीकाे राष्ट्रिय महाधिवेशन अब जेठमा हुने

  मंसिर १९, २०८०

काठमाण्डाै, १९ मंसिर : नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय महाधिवेशनकाे नयाँ मिति ताेकेकाे छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा बसेकाे केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३ देखि ७ गतेसम्म काठमाण्डाैमा गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयाे ।

यसअघि एकीकृत समाजवादीकाे राष्ट्रिय महाधिवेशन माघ १४ देखि १८ गतेसम्म ताेकिएकाे थियाे । यस्तै पार्टीले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने प्रवक्ता खतिवडाले बताउनुभयाे ।

राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदा सम्बन्धमा छलफलका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय कमिटी गठन भएको पनि प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया