हात्तीकाे आक्रमणमा परि झापाकाे रणकाली सामुदायिक वनका चौकीदारको ज्यान गयाे

  मंसिर १५, २०८०

झापा, १५ मंसिर : झापाको हल्दिबारी गाउँपालिका–३ मा रहेकाे रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चेर ज्यान गएकाे छ । 

धनबहादुरकाे आज बिहान हात्ती कुल्चिएर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयाे । 

हात्तीको आक्रमणमा परेका वनको घटनास्थलमै ज्यान गएको रिजालले बताउनुभयो । 

तपाईको प्रतिक्रिया