हुम्लामा भिरबाट लडेर एक युवतीकाे ज्यान गयाे

  मंसिर १४, २०८०

हुम्ला, १४ मंसिर : हुम्लामा १७ वर्षीया युवतीकाे भिरबाट लडेर ज्यान गएकाे छ ।

सिमकाेट गा‍उँपालिका वडा नम्बर ८ मा रहेकाे खाेल्सी गाउँकी सुस्मिता शाहीकाे भिरबाट लडेर ज्यान गएकाे हाे । 

हिजाे दिउँसाे गाईबाख्रा चराउन गएका बेला दुधु भिरबाट लडेर उनकाे ज्यान गएकाे सुस्मिताका आफन्तले बताएका छन्। 

उनी सिमकोट गाउँपालिका-११ मा रहेकाे कर्णाली मावि चौगानफयामा कक्षा ११ अध्ययनरत थिइन् । 

तपाईको प्रतिक्रिया