निमाविको लाइसेन्स परीक्षामा ९१ प्रतिशत अनुत्तीर्ण

  मंसिर १३, २०८०

काठमाण्डौ, १३ मंसिर : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ। 

कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा मंगलबार  सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको नतिजा अनुसार ९ प्रतिशत मात्रै उत्तीर्ण भएको आयोगका अध्यक्ष मधुकुमार रेग्मीले जानकारी दिए। उनका अनुसार ९१ प्रतिशत फेल भएका छन्।

निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए। जसमा जम्मा १३ हजार ७ जना पास भएको रेग्मीको भनाइ छ।

तपाईको प्रतिक्रिया