बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गयो

  मंसिर ११, २०८०

बझाङ, ११ मंसिर : बझाङमा भिरबाट लडेर एक जनाको ज्यान गएकोे छ । जिल्लाको साईपाल गाउँपालिका वडा नम्बर ४ धुलीका ६० वर्षीया जोगी बोहराको आज भीर बाट लडेर ज्यान गएकोे हो ।

बोहरा धुलीबाट सदरमुकाम चैनपुर आउने क्रममा तलकोट गाउँपालिका वडा नम्बर ४ स्थीत पनाल्ता भन्ने ठाउँ नजिकै भीरबाट लडेका र उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

बोहरा भिरबाट करिब १९० मिटर तल खसेका बताइएको छ ।

तपाईको प्रतिक्रिया