बाेरामा बाँधेर फालेकाे अवस्थामा भरतपुरमा २ जनाकाे शव फेला

  मंसिर ०६, २०८०

चितवन, ६ मंसिर : भरतपुर महानगरपालिका–१२ मिलन चोककाे कलवडमा आज बुधवार एक पुरुष र एक महिलाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता विजयराज पण्डितका अनुसार ३०/३२ वर्षको उमेरका उनीहरूको शव भेटिएको हो । शव दुई वटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएको उहाँले बताउनुभयो ।

हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान शुरु गरिएको डीएसपी पण्डितले जानकारी दिनुभयो । रासस

तपाईको प्रतिक्रिया