लन्डन, २९ कार्तिक : बेलायत र रुवान्डाले शरणार्थीहरू लक्ष्यित नयाँ सम्झौताको लागि काम गरिरहेको ऋषि सुनकले बुधबार बताउँनु भएको छ ।
बेलायतको सर्वोच्च अदालतले आप्रवासीहरूलाई अफ्रिकी देशमा लैजान गैरकानूनी भएको फैसला गरेपछि नयाँ ढङ्गले छलफल अगाडि बढेको हो ।“
सरकारले रुवान्डासँग नयाँ सन्धिमा पहिले नै काम गरिरहेको छ र हामी आजको निर्णयको आधारमा यसलाई अन्तिम रूप दिनेछौं,“ प्रधानमन्त्रीले सांसदहरूलाई बताउनु भएको छ । (रासस/एएफपी)






