मस्को, २४ कात्तिक : हराएको एएन-२ विमान रुसको सुदूर पूर्वको चुकोटकामा फेला परेको छ ।
विमानमा सवार सबै तीन जनालाई अहिले उद्धार गरिएको स्थानीय गभर्नर भ्लादिस्लाव कुज्नेत्सोभले शुक्रबार बताउनु भएको छ ।
“बेपत्ता विमान फेला परेको छ । प्रारम्भिक जानकारी अनुसार तीनै जना जीवितै छन् तर चोटपटक लागेको छ,” उहाँले भन्नुभएको छ ।
गभर्नरले जनाएअनुसार यात्रुहरूलाई अब शाक्टरस्की बस्तीमा रहेको शिविरमा सारिनेछ र मौसममा सुधार आएपछि विशेष उडानबाट गन्तव्यतर्फ पुर्याइनेछ ।
उक्त विमानले पेवेकबाट पोल्यार्नीका लागि कार्गो ढुवानी गरिरहेको बताइएको छ । तर निर्धारित अवतरणको समयमा सम्पर्क विहीन भएको थियो । (रासस/सिन्ह्वा)






