वैदेशिक रोजगारीका लागि इस्टोनिया पठाइदिन्छु भन्दै ३४ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

  कार्तिक २३, २०८०

काठमाण्डौ, २३ कात्तिक – वैदेशिक रोजगारीका लागि इस्टोनिया पठाइदिने भन्दै ३४ लाख १३ हजार रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्ला पृथ्वीनारायण नगरपालिका–६ घर भइ अहिले काठमाण्डौकाे तारकेश्वर नगरपालिका–१ बस्ने ३५ वर्षीय राजेश श्रेष्ठ भएकाे काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रेष्ठले जनक बराल समेत पाँच जनालाई वैदेशिक रोजगारीको लागि इस्टोनिया पठाइदिने भन्दै प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

श्रेष्ठले इस्टोनिया पुगेपछि सुपर मार्केटमा स्टोर किपर काम लगाइदिने र त्यहाँ तलब मासिक एक लाख पचास हजार रुपैयाँ हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी जम्मा ३४ लाख १३ हजार रकम लिइ सम्पर्क विहीन भइ ठगी गरेको उजुरीका आधारमा प्रहरीले बुधवार नयाँबानेश्वरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । 

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया