गल्याङ, १९ कात्तिक ः कालीगण्डकीमा सञ्चालित जलयातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । नेपालको सबैभन्दा ठुुलो जलविद्युुत परियोजना कालीगण्डकी ‘ए’ मा बाँध निर्माण गरेपछि बनेको जलाशयमा २१ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी आँधीमुहानदेखि स्याङ्जा, पर्वत र गुुल्मीको सङ्गम सेतीवेणीसम्म सोढे सात किलोमिटरको दूरीमा स्टिमरले सेवा दिएको छ ।
यहाँ छ÷सातवर्ष पहिले दैनिक पाँच सयदेखि एकहजार यात्रुहरुले स्टिमरमार्फत आवतजावत गरिरहेका हुन्थे । हाल भने जलयातायात सेवाले यात्रु पाउन छाडेपछि स्टिम्बर व्यवसायी मर्कामा परेका छन् । स्टिमर नचलेपछि धेरैजसो स्टिमर बिग्रएर थन्किएका छन्, कुनै स्टिमरलाई बर्खाको भेलले बगायो भने कुनै स्टिमर टुट्ने, फुट्ने र गल्ने भएका छन् । आँधीघाट र सेतीवेणी घाटका एकसय जनाको संयुुक्त लगानीमा शिलाशालिग्राम जलयातायात समिति गठन गरेर विसं २०५९ वैशाख ९ गते देखि यहाँ तीन हातेबोट ‘डुुङ्गा’बाट जलयातायात सेवा सञ्चालन गरिएको थियो ।
शिलाशालिग्राम जलयातायात प्रालिका संस्थापक अध्यक्ष टीकाराम कुँवरले हातेबोटलाई विस्थापित गर्दै २०६२ सालमा नेपालको घाग्राघाटबाट पम्पसेट जडित स्टिमर खरिद गरी सञ्चालन गरिएको बताउनुुभयो ।
“स्याङ्जा, पर्वत, गुुल्मी, बागलुुङका तत्कालीन ३६ गाविसका यात्रुुहरुले स्टिमरलाई भरपर्दो यातायातको साधनका रुपमा प्रयोग गर्दै आएका थिए”, उहाँले भन्नुुभयो, “विसं २०६२ मा बर्खाको समय कालीगण्डकीमा आएको आँधीले पम्पसेट जडित स्टिमर बगाएपछि हामीले धेरै क्षमताको स्टिमरको खोजी गर्न थाल्यौँ ।” कुुँवरले आधुुनिक स्टिमरको खोजीमा पाँच जनाको समूह भारतको मुम्बई पुुगेको बताउनुुभयो । उहाँले मुम्बईमा खरिद गर्न पाए पनि लागत धेरै लाग्ने भएपछि कालीगढ झिकाएर आँधी मुुहानमै इञ्जिन जडित ८० र एकसय जना क्षमताका दुुई वटा स्टिमर निमाण गरेर सञ्चालन गरेको बताउनुुभयो । “त्यो बेला नेपालमा जलयातायाको कानुन नभएकाले धेरै झन्जट बेहोर्नुप¥यो”, कँुवरले भन्नुुभयो, “पछि जल यातायातको कानुुनी झन्जट पनि ट¥यो, जलयात्रा गर्ने पनि बढ्दै गए ।”
उहाँले न्यूनतम दुुई सय ५० जनाको हाराहारीमा यहाँका नागरिकले स्टिमर सेवाद्धारा यात्रा गर्ने गरेको स्मरण गर्नुुभयो । कुँुवरले कालीगण्डकीमा जलयातायात सञ्चालन भएपछि स्टिमरका ३६ जना कर्मचारी र आँधीघाट र सेतीवेणी घाटका करिब २५ जना भरियाले रोजगार पाएको बताउनुभयो । उहाँले स्टिमरले नियमित ग्राहाक पाउन छोडेपछि धेरै जना कर्मचारी र भरियाले पेसा परिवर्तन गरेको बताउनुुभयो । नियमित स्टिमर चल्ने यात्रुु नभएपछि कुुनै समूह खचाखच ग्राहाकले भरिने आँधीमोहन बजार हाल सुुनसान भएको कुँवरको भनाइ छ ।
शिलाशालिग्राम जलयातायात प्रालिका सचिव चन्द्रबहादुर रानाले कालीगण्डकी नदीको वारीपारी लोकमार्ग र कोरीडोर निर्माण भएपछि यात्रुुहरुले स्टिमर चढ्न छाडेर बस, जीप, अटो लगायतका सवारीसाधन प्रयोग गर्न थालेकाले स्मिर व्यावसायीलाई समस्या भएको बताउनुुभयो । “सडक सञ्जाल नजोडिँदा सेतीवेणीका व्यापारीको मालसामन ढुुवानी गर्ने र साविकको ३६ गाविसको आवागम गर्ने गतिलो माध्याम स्टिमर सेवा थियो”, उहाँले भन्नुुभयो, “सडक सञ्जाल विस्तार भएपछि सेतीवेणी र आँधीमोहन बजार सुुकेको छ, अन्य सवारीसाधनमा भाडा सस्तो भएपछि स्टिमर चढ्ने यात्रुु घट्दै गएका छन् ।”
उहाँलेले बाहिरी जिल्लाबाट शिला शालिग्राम दर्शनका लागि आउने धार्मिक पर्यटकका कारण कहिलेकाहीँ फ्याट्टफुुट्ट मात्र स्टिमर चल्ने गरेको बताउनुभयो । “बर्खामा नदीमा पानीको बहाब धेरै हुने र दुर्घटना हुनसक्ने भएकोले मध्य जेठबाट असार, साउन र भदौ महिना सेवा बन्द गर्नुुपर्ने बाध्यता छ”, रानाले भन्नुुभयो, “हिउँदको समय शैक्षिक अवलोकन गर्न आउने र विश्व विराट शिला शालिग्रामको दर्शन गर्न आउने धार्मिक पर्यटकका कारणले कहिलेकाहीँ स्टिमर चल्ने गरेको छ ।” गल्याङ नगरपालिकाका स्थानीय ज्ञान क्षेत्रीले विश्व विराट शिलाशालिग्रामको विकास र प्रचारप्रसारमा राज्यको ध्यान नपुगेको बताउनुभयो ।
उहाँले शिलाशालिग्रामको महिमा र महत्व श्रीमद्भागवत गीतमासमेत उल्लेख गरिए पनि पछिल्लो समय सबैको हेलाको पात्र बनिरहेको दुखेसो पोख्नुभयो । क्षेत्रीले बुढापाकाको भनाइ उदृत गर्दै मुक्तिनाथ दर्शन गर्नेहरुले अनिवार्य शिलाशालिग्राम दर्शन गनुपर्छ भन्ने धामिक मान्यता रहेको बताउनुभयो ।
उहाँले मुक्तिनाथदेखि सेतीवेणी सम्मको बाटोको स्तरोउन्नति गर्ने र मुक्तिनाथ दर्शन गर्नेहरुले शिलाशालिग्रामको अनिवार्य दर्शन गर्ने परिपाटी बसेमा बजारसहित स्टिम्बरमा पुनः चहलपहल हुने बताउनुभयो । “लोकमार्ग र कोरिडोर खन्ने क्रममा कालीगण्डकी नदीमा फालिएको ढुङ्गाले पानीको सहत पुरिन गएको छ”, उहाँले भन्नुभयो, “नदीमा वषौँसम्म भरिएको गेग्रान सफा गरेमा शिलाशालिग्राम दर्शन गर्न पनि सहज हुन्छ, स्टिमर पनि सजिलै शिलासम्मै स्टिम्बर आउन सक्छ ।” रासस