मोरङ, १८ कात्तिक : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनेकतामा एकता नेपालीको विशेषता भएको बताउनुभएको छ ।
एकीकृत समाजवादी मोरङद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेता नेपालले नेपाल राष्ट्र सबै जातजातिको फूलबारी भएकाले त्यसमा कहीँकतैबाट आँच आउननहुँदैन भन्नुभन्नुभयो । उहाँले प्राकृतिक सम्पदाको समुचित उपयोग गरी रोजगारीका अवसर बढाउन अपरिहार्य भएको बताउनुभयो ।
उहाँले कृषि विकासको माध्यमबाट आर्थिक उन्नयनको मार्गमा अग्रसर हुन सकिने बताउनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशलाई समृद्ध बनाउन सबै राजनीतिक दलबीच सहकार्य र साझेदारी आवश्यक भएको बताउनुभयो । उहाँले सर्वदलीय सरकारलाई नेकपा (एमाले)ले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । रासस