चीनले १० करोड रुपैयाँ बराबरका सहायता सामग्री नेपाललाई दिने

  कार्तिक १८, २०८०

काठमाण्डौ, १८ कात्तिक – चीन सरकारले नेपालका भूकम्प प्रभावित क्षेत्रमा १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने भएको छ ।

नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भूकम्पको विपत्तीमा नेपालको साथमा चीन रहेको भन्दै १० करोड रुपैयाँ बराबरका सामग्री नेपाललाई प्रदान गर्ने बताउनुभयो ।

चीनले त्रिपाल, कम्बल, टेन्ट लगायतका सामग्री दिनेछ । केही नेपाल आउने क्रममा रहेको र बाँकी दुई दिनभित्रै आइपुग्ने उहाँले बताउनुभएको छ । 

तपाईको प्रतिक्रिया