सर्लाहीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

  कार्तिक १७, २०८०

सर्लाही, १७ कात्तिक : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी–१७ रानीगञ्जमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको  छ ।

गएराति कालीञ्जोर पुल नजिक बिग्रिएर रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकमा प्रदेश २–०३–००४ प ३५५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका  चालक हरिवन नगरपालिका–११ का २८ वर्षीय मुकेश गुप्ता र मोटरसाइकलकाे पछाडि बस्ने हरिवन–११ कै सुनिलकुमार गुप्ताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया