सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य

  कार्तिक १७, २०८०

काठमाण्डाै, १७ कात्तिक – सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को चालु अधिवेशन गएराति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा उहाँले अधिवेशन अन्त्य गर्नुभएको हो । यो अधिवेशनमा संसद्ले चालु वर्षको वार्षिक बजेट पारित गरेको थियो । ६ महिना चलेको सङ्घीय संसद्को अधिवेशनमा बजेटका तीन नियमितबाहेक एक मात्र विधेयक दुवै सदनबाट पारित भएको छ ।

गएको वैशाख २४ गतेदेखि शुरु भएको अधिवेशनमा दुवै सदनबाट मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक (मिटरब्याजी) पारित भयो । यस्तै, विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पारित भएका छन् ।

सङ्घीय संसद्का दुवै सदनमा गरी २१ विधेयक अझै विचाराधीन छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गएको मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभएको थियो । अधिवेशन अवधिभर दुई पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भएको छ ।  

तपाईको प्रतिक्रिया