कम्बोडियाद्वारा मालीबाट १०० शान्ति सैनिक फिर्ता

  कार्तिक ०८, २०८०

काम्पोङ चाम, ८ कात्तिक : संयुक्त राष्ट्रसंघको अनुरोधमा युद्धग्रस्त अफ्रिकी राष्ट्र मालीबाट कम्बोडियाले झण्डै १०० जना शान्ति सेना फिर्ता गरेको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बुधबार सो बारे जनाकारी गराउँनु भएको छ । “केहि दिनअघि मैले मालीबाटहाम्रो शान्ति सेना (नीलो हेलमेट फिर्ता गर्न स्वीकृति दिएको थिएँ किनभने त्यहाँ बढ्दो विषम परिस्थितिका कारण संयुक्त राष्ट्रसंघले त्यहाँका केही क्षेत्रहरूबाट सेना हटाउन थालेको थियो ।

उनीहरू अब त्यहाँ बस्न सक्ने अवस्था रहेन किनभने संयुक्त राष्ट्रसंघका निलो हेलमेट सेनालाई पनि आक्रमणको तारो बनाउँन थालियो, प्रधानमन्त्रीले भन्नुभयो ।

सैन्य विद्रोहपछि मालीको सङ्क्रमणकालीन सरकारले १० वर्ष पुरानो संयुक्त राष्ट्रसंघ अपरेशन फिर्ता लिन अनुरोध गरेको थियो ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यस वर्षको डिसेम्बर ३१ सम्ममा शान्ति मिसन फिर्ता लिने प्रस्ताव गरेको हो ।

तपाईको प्रतिक्रिया