‘माया सिम्ले छौँ कि जल्किनी’ सार्वजनिक

  कार्तिक ०५, २०८०

काठमाडौँ, ५ कात्तिक : लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत ‘माया सिम्ले छौँ कि जल्किनी’ आज सार्वजनिक भएको छ ।

डा खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको सङ्गीतमा राजन बराल, सङ्गीत संयोजन र गितारमा मनोहर सुनाम, सारङ्गीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकी छन् ।

मुनलाइट इन्टरनेसनल मिडिया प्रालिले निर्माण गरेको यस म्युजिक भिडियोमा श्याम ढकालको निर्देशन रहेको छ । नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोको छायाङ्कन कृष्ण महराले गरेका छन् । म्युजिक भिडियोमा उदीयमान कलाकार सन्तोषकुमार दाहाल र देवी त्रिपाठीको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया