दसैं मनाउन काठमाडौंबाट गाउँ फर्किनेको लर्को

  कार्तिक ०४, २०८०

काठमाडौं, ४ कात्तिक : नेपालीहरुको महान चाड बडा दसैं मनाउन घर फर्किनेहरुको लर्को लागेको छ । शनिबार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरुमा घर जानेहरुको लर्को देख्न सकिन्छ ।

काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकी लगायतका क्षेत्रमा घर जानेहरु आफ्ना सरसामान बोकेर उभिरहेको देख्न सकिन्छ । दैनिक झण्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् । हरेक वर्ष दसैं, तिहार, छठ मनाउन उपत्यका छोड्नेहरुको सङ्ख्या उल्लेख्य रहेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया