मन्त्री किरातीद्वारा खादामालावापतको रकम विद्यालयलाई हस्तान्तरण

  कार्तिक ०३, २०८०

काठमाडौँ, ३ कात्तिक : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादामालावापतको रकम भोजपुरको अम्चोक गाउँपालिका–९ स्थित सरस्वती माविलाई हस्तान्तरण गर्नुभएको छ ।

खदा माला वापत शुभेच्छुकहरूले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । मन्त्री किरातीले खादामालावापत सङ्कलन रकम रु छ लाख २६ हजार ३४ एक कार्यक्रममा बीच आज हस्तान्तरण गर्नुभएको हो ।

गृह जिल्ला भ्रमणमा रहनुभएका मन्त्री किरातीले यसपटकको दसैँ चौरीपालक र भेडा पालक किसानसँग मैयुङ डाँडामा मनाउने हुनुभएको छ । आफू जिल्ला भ्रमणमा रहँदा स्कटिङ तथा स्वागत गेट नबनाउन प्रशासनलाई निर्देशन दिनुभयो ।

उहाँले यसपटकदेखि मञ्चमा नबस्ने तथा आफू प्रमुख अतिथि हुने कार्यक्रममा आफूलाई प्रमुख अतिथि नबनाउन पनि आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया