प्रधानसेनापति शर्मा चीन जाँदै

  कार्तिक ०३, २०८०

काठमाडौँ, ३ कात्तिक : प्रधान सेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ । 

उहाँ चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उदघाटन समारोेहमा सहभागी हुन त्यसतर्फ जाने हुनुभएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

प्रधान सेनापति शर्मा चीनको भ्रमण सम्पन्न गरी यही कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । (रासस)

तपाईको प्रतिक्रिया