इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गर्‍यो

  असोज ३०, २०८०

काठमाडौंं, ३० असोज : इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ । इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो ।

लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाे निस्किएको देखिएको छ । इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती शहरहरुको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया