सितारामको स्वर र मुनालको शब्दमा रहेको ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक

  असोज २७, २०८०

काठमाडौं, २७ असोज : ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गायक सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ । मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर शरद अधिकारीले सङ्गीतबद्ध गर्नुभएको छ । सञ्जय श्रीपालको गीतमा सङ्गीत संयोजन रहेको छ ।

वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटाबको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र उषा उप्रेतीको अभिनय रहेको छ । सुजन श्रेष्ठले छायाङ्कन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गर्नुभएको हो ।

नवीन विष्ट सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । भिडियो ‘ओएस आर डिजिटल’ नामक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया