गायक थापाको ‘तिमीबिना’ सार्वजनिक

  असोज २६, २०८०

काठमाडौँ, २७असोज : गायक आशिष थापाको ‘तिमीबिना’ सार्वजनिक भएको छ । थापाको स्वरमा सार्वजनिक भएको गीतमा सरोजवीर विक्रम गिरीको शब्द रहेको छ । गीतमा स्वयम् गायक थापाले नै सङ्गीत दिनुभएको छ ।

राहुल विश्वकर्माको गितार र भुवन गन्धर्वको तबलाको धुनले गीतलाई झनै सुमधुर बनाएको छ । बिक्रान्त रेग्मीद्वारा डिजाइन गरिएको गीतको लिरिकल भिडियो गायक थापाको अफिसियल युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया