इजरायलबाट नेपालीलाई उद्धार गर्न एमालेको माग

  असोज २२, २०८०

काठमाडौँ, २२ असोज : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इजरायलबाट नेपालीको उद्धार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै उहाँले आतङ्कवादी हमलाको निन्दा गर्दै घाइतेहरुको उपचारको व्यवस्था गर्न आग्रह पनि गर्नुभएको छ ।

एमाले अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गरी आक्रमणमा ज्यान गुमाएकोहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था गर्न माग गर्नुभएको छ । आतङ्कवादी हमलामा नेपालीको ज्यान गएकामा आफू स्तब्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले दिवङ्गत भएका परिवारजनप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया