क्षेत्रीय साइबर सुरक्षा सप्ताहका लागि अबुधाबीमा ७० मुलुक भेला हुँदै

  असोज २१, २०८०

दुबई, २१ असोज : अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) र अरब क्षेत्रीय साइबर सुरक्षा केन्द्र (एआरसीसी) सँगको सहयोगमा संयुक्त अरब इमिरेट्स (युएई) ले आजदेखि आगामी बिहीबारसम्म क्षेत्रीय साइबर सुरक्षा २०२३ आयोजना गर्दैछ ।

‘साइबर सुरक्षा नवप्रवर्तन र उद्योग विकास’ शीर्षकमा अबुधाबीमा समारोह सुरु भएको हो । युएईद्वारा प्रायोजित क्षेत्रीय साइबर सुरक्षा २०२३ अरब र इस्लामिक मुलुकहरूमा सबैभन्दा ठूलो साइबर कार्यक्रम हो ।

साइबर सुरक्षाको क्षेत्रमा उत्कृष्ट अन्तर्राष्ट्रिय रणनीति र अभ्यासहरूमाथि छलफल गर्न इस्लामिक सहयोग सङ्गठन (ओआईसी) का ५७ सदस्य राष्ट्रसहित ७० मुलुकबाट एक सयभन्दा बढी विज्ञ र वक्ताहरूका साथै १० वटा अन्तर्राष्ट्रिय संस्थाहरू यो साता भेला हुनेछन् ।

यो साता सहभागीहरूलाई यथार्थपरक ढङ्गले साइबर हमलाको अनुभव प्रदान गर्ने नयाँ भर्चुअल पूर्वाधार मोडेलसमेत प्रस्तुत गरिने छ ।

यो साता साइबर सुरक्षामा पछिल्लो प्रवृत्ति र विकासक्रम, साइबर सुरक्षाले सामन गरिरहेको चुनौती र जोखिम, साइबर सुरक्षा घटनाको प्रतिक्रिया र पुनरप्राप्ति तथा साइबर सुरक्षा शिक्षा र जागरणसहितका साइबर सुरक्षाकाको विस्तृत दायरा समेट्ने ५० वटा कार्यक्रम हुने बताइएको छ ।

युएई सरकारको साइबर सुरक्षासम्बन्धी कार्यालयले विश्वव्यापी डिजिटल अर्थतन्त्रको आकार बढिरहेको बताएको छ । यो सन् २०२५ सम्ममा २० खर्ब अमेरिकी डलरको हाराहारीमा पुग्ने सो कार्यालयले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया