विपद् व्यवस्थापनसम्बन्धी अधिस्नातक कोर्ष सञ्चालन

  असोज १८, २०८०

काठमाडौँ, १८ असोज : सशस्त्र प्रहरी बलले आजदेखि मातातिर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा ‘सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लो’मा कोर्ष सञ्चालन गरेको छ ।

शैक्षिक कार्यक्रम प्रारम्भ भएको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शिक्षा प्राप्त गरेपछि दीक्षित समूहले सङ्गठनको अवधारणाअनुसार सीमा सुरक्षा, देशको आन्तरिक सुरक्षा तथा राजश्व सङ्कलन र विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा डा. कुसुम शाक्यले सशस्त्र प्रहरी बल नेपालले त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा थालनी गरेकोमा त्यसको सराहना गर्नुभयो ।

सशस्त्र प्रहरी बलले सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तर (डिग्री) कोर्ष सञ्चालन गरिरहेको छ । दुई सेमेष्टरमा सञ्चालन हुने सो कोर्षमा ३४ सशस्त्र प्रहरी निरीक्षक सहभागी छन् ।

तपाईको प्रतिक्रिया